अभिताभ बच्चन भारतको आर्थिक वर्ष २०१८/१९ का लागि सर्वाधिक आयकर तिर्ने बलिउड कलाकार बनेका छन्। उनले १८/१९ का लागि ७० करोड भारू आयकर तिरेपछि उनी बलिउडमा सर्वाधिक कर तिर्ने कलाकार बनेका हुन्।
हालै अमिताभले भारतीय राज्य बिहारस्थित मुजफ्फरका २ हजार ८४ किसानको ऋण समेत तिरिदिएका थिए भने पुलुवामा हमलामा ज्यान गुमाएका सैनिक जवानका परिवारलाई १०-१० लाख भारू रकम पनि सहायता गरेका थिए।
हालै अमिताभ अभिनित ‘बदला’ले वक्सफिसमा गज्जबको व्यापारसँगै समिक्षकीय तारिफ बटुलेको छ।