‘द म्यान फ्रम काठमाडौं’ सिनेमाले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ । सोमबार सिनेमाको ‘किच किचे माया’ बोलको गीतमा रिलिज गरिएको हो।
गीतमा सुजेन्द्र डि कार्कीको शब्द तथा संगीत रहेको छ भने गीतका गायक चन्दन ध्वोज केसी हुन् ।
सार्वजनिक गीतमा मुख्य कलाकार कर्मा शाक्य र आना शर्मालाई फिचर्ड गरिएको छ । गीतका राजन इशान हुन् भने गीतको भिडियोमा सविन शाक्यको कोरियोग्राफी रहेको छ ।
भिडियोलाई निर्देशक तथा चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।
अंग्रेजी तथा नेपाली भाषामा बनेको सिनेमा दुई भागमा रिलिज हुनेछ। सिनेमालाई निर्देशक पेमा धोन्डुपले निर्देशन गरेका हुन्।
नकिम उद्धिन निर्मित सिनेमामा जोसे मानुइल र अभिनेत्री आना शमार्, चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल राना अभिनयमा छन् ।
सिनेमा चैत १ मा रिलिज हुनेछ।