‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत रिलिज भएको छ।
सिनेमाको ‘दुबो फुल्यो’ बोलको गीत सार्वजनिक भएको हो।
एसडी योगीको संगीत रहेको यस गीतमा हेमन्त राणा तथा ऋतिका श्रेष्ठको युगल स्वर रहेको छ।
गीतमा हर्क साउदको शब्द छ। गीतमा मुख्य कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राईले नाचेका छन् भने वाइल्ड रिपर्जले यसको कोरियोग्राफी गरेको हो।
सिनेमामा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्धि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डिबी गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि अभिनय छ।
रामबाबु गुरुङ निर्देशित सिनेमा भदौ १३ मा रिलिज हुनेछ। सिनेमा ‘कबड्डी’को तेस्रो श्रृखंला भएकाले दर्शकको प्रतीक्षामा परेको छ। त्यसैले सिनेमालाई आफ्नो पुरानो साख जोगाउने र नयाँ स्तर बढाउने चुनौती रहेको छ।