नायिका ऋचा शर्मा वैवाहिक जीवनमा बाँधिएकी छिन्। उनले दिपेक्ष विक्रम राणासँग विवाह गरेकी हुन्।
शनिबार उनले आफ्नो फेसबुकमा फोटो सार्वजनिक गर्दै जिन्दगीको नयाँ प्रहर सुरू भएको बताएकी छिन्।
यसअघि विवाहको कार्ड सार्वजनिक गर्दै ऋचाले मंसिर २१ गते दिपेक्ष विक्रम राणासँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन्।
'तपाईंले हामीलाई वर्षभरि दिनु भएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौं। हामीले टेकेको नयाँ पाइलामा पनि यस्तै माया र आशिर्वादको आशा गदर्छौं,' कार्डमा उल्लेख थियो।
दिपेक्ष ललितपुरको पुल्चोकस्थित लविम मलका व्यवस्थापक हुन्। उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए।
यसअघि ऋचाले साथीहरूसँग पोखरामा ब्याचलर पार्टीसमेत मनाएकी थिइन्।