बलिउड अभिनेत्री रानी मुखर्जीले सन् २०१६ को आफ्नो हिट सिनेमा 'मर्दानी'को सिक्वलको सुटिङ मार्चबाट सुरू हुनेभएको छ। सुटिङ सुरू हुनेभएपछि उनलाई शिवानी शिवाजी रोयको रूपमा दर्शकले पुन: हेर्न पाउने भएका छन्।
सुटिङ मार्च १८ बाट हुनेछ।
पहिलो सिनेमामा इन्सपेक्टर बनेकी रानी यस सिनेमामा एसपीको भूमिकामा देखिनेछिन्। सिनेमामा उनले २१ वर्षिया खलनायकको विरूद्ध यस सिक्वलमा एक्सन गर्नेछिन्।
सिनेमालाई 'मर्दानी'को पहिलो भाग लेखेका गोपी पुथरनले निर्देशन गर्दैछन्। हाल सिनेमाको मुम्बई सुटिङ भइरहेको छ। रानी गत वर्ष 'हिच्की' नामक सिनेमामा देखिएकी थिइन्।