दक्षिण भारतीय तेलेगु सिनेमाका सुपरस्टार महेश बाबुको २५ औं सिनेमा 'महर्षि'ले वक्सअफिसमा सय करोड भारूको विश्वव्यापी कमाइ गरेको छ।
सिनेमाले रिलिजको पहिलो दिन आन्द्र प्रदेश र तेलंगानामा करिब ५० करोड भारूको कमाइ गर्न सफल भएको थियो। रिलिजको पहिलो दिन सिनेमाले ४९.१३ करोड भारू कमाइ गरेको थियो।
समिक्षकहरूले मिश्रित प्रतिक्रिया दिए पनि सिनेमालई सबै तह र तप्काका दर्शकहरूले भने मनपराएका छन्।
सिनेमालाई दर्शकले मनपराएपछि महेश बाबुले खुशी व्यक्त गर्दै दर्शकलाई माया र सद्भावका लागि धन्यवाद दिएका छन्।
'मेरो करियरको २५ औं सिनेमा मेरा प्रशंसकहरूका साथसाथै मेरा लागि पनि स्मरणिय साबित भएको छ। सिनेमाले वक्सअफिसमा तीब्र कमाइ गर्दै सफलता चखाइरहेको छ', महेश बाबुले भने।
सिनेमा मे ९ मा रिलिज भएको थियो। सिनेमा सय करोडको बजेटमा तयार भएको हो।