बलिउड अभिनेता सलमान खान र अक्षय कुमारको सम्भावित भिडन्त टरेको छ।
निर्देशक रोहित शेट्टीले आगामी वर्ष ईदमा रिलिज गर्न लागेको अक्षयकुमार अभिनित 'सूर्यवंशी'को रिलिज मिति सारेपछि उनीहरूको सम्भावित वक्सअफिस भिडन्त टरेको हो।
रोहितको यस कदमले सलमान भावुक बनेका छन्।सलमान भावुक बनेको कुरा उनको इन्स्टाग्राम पेजमा हालिएको पोस्टबाट पनि थाहा हुन्छ। उनले रोहित शेट्टीसँगको एक तस्वीर सार्वजनिक गर्दै आफ्नो कुरा राखेका छन्।
'म सधैं उसलाई मेरो सानो भाई सोच्दथे र आज उसले यसलाई सावित गरेको छ। रोहित शेट्टीले 'सूर्यवंशी' मार्च २७, २०२० मा रिलिज गर्दैछन्', सलमानले लेखेका छन्।
अब यस खबरले सलमानको 'इन्शाल्लाह' र 'सूर्यवंशी'को सम्बावित भिडन्त टरेको छ भने दुबै सिनेमाको सोलो रिलिजको सम्भावना पनि बढेको छ।