फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ।
आईतबार राति सम्पन्न २१ औं सस्करणको फाइनलमा क्रोएसियालाई ४-२ गोलले हराउँदै फ्रान्सले २० वर्षपछि पुनः विश्वकप उपाधि रक्षा गरेको हो।
फ्रान्सका एन्टोइन ग्रिजम्यान, पल पोग्बा र केइलिन एमबाप्पेले एक एक गोल गरे। क्रोएसियाका मारियो मान्जुकिच र इभान पेरिसिचले गोल गरे।
पहिलो हाफमा २-१ ले अगाडि रहेको फ्रान्सका लागि सुरुका दुई गोलमध्ये एक गोल आत्मघाती र अर्को गोल पेनाल्टीमा भएको थियो।
मान्जुकिचबाट आत्मघाती गोल पनि भएको थियो। पेरिसिचकै कारण फ्रान्सले पेनाल्टी पाएको थियो। पहिलो हाफमा २-१ गोलले अगाडि रहेको फ्रान्सले मध्यान्तरपछि दुई गोल थपेको थियो भने क्रोएसियाले १ गोल गरेको थियो।
हेर्नुहोस् तस्बिरमा २० वर्षपछिको फर्किएको खुसी (तस्बिरहरूः फिफा)