रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलमा अहिलेसम्मकै सबैभन्दा बढी आत्मघाती गोल भए।
विश्वकपको इतिहासमा आत्मघाती गोलको कीर्तिमान नै बनाएको प्रतियोगितामा कुल १२ वटा आत्मघाती गोल भए।
यो एउटै विश्वकपमा भएको सबैभन्दा बढी आत्मघाती गोल हो। यसअघि सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा ६ वटा आत्मघाती गोलको कीर्तिमान बनेको थियो । विश्वकप फुटबलमा हालसम्म कुल ५१ वटा आत्मघाती गोल भएका छन्। यो विश्वकपमा तीन वटा आत्मघाती गोल भने नकआउट चरणमा भएका थिए भने बाँकी गोल समूह चरणमा भएका थिए।
क-कसले गरे आत्मघाती गोल
- एडसन अल्भारेज- मेक्सिको विरूद्ध स्विडेन
- यान सोमर- स्विट्जरल्यान्ड विरूद्ध कोस्टारिका
- अजिज बुहादोउज- मोरक्को विरूद्ध इरान
- अजिज बेहिच- अस्ट्रेलिया विरूद्ध फ्रान्स
- पिटर इटेबो- नाइजेरिया विरूद्ध क्रोएसिया
- थिआगो सियोनेक पोल्यान्ड विरूद्ध सेनेगल
- अहमद फाथी- इजिप्ट विरूद्ध रूस
- डेनिस चेरिसेभ रुस विरूद्ध उरुग्वे
- यासिन मेरिह- ट्युनिसिया विरूद्ध पानामा
- सर्जी इग्नासेभिच- रूस विरूद्ध स्पेन
- फर्नान्डिन्हो- ब्राजिल विरूद्ध बेल्जियम
- मारियो मान्जुकिच- क्रोएसिया विरूद्ध फ्रान्स