सिटिजन्स बैंक इन्टरनेसनलले ‘आसमान नेपाल’ नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ।
बैंकले उक्त संस्थालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीको छाता संगठन ‘आसमान नेपाल’ ले २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको बैंकले जनाएको छ।
बैंकका देसभर ८१ शाखा, ७५ वटा एटिएम र ९९ शाखा रहित बैंकिङ्ग एकाई छन्।