सिटिजन्स बैंक इन्टरनेसनलले ‘सिटिजन्स सरल बचत खाता’ नामक नयाँ बचत योजना सार्वजनिक गरेको छ।
योजना नयाँ बर्षबाट लागू भएको बैंकको भनाइ छ।यस योजना अन्तर्गत खाता खोल्नेलाई बैंकले सय रुपैयाँं खातामा राखिदिने छ।
योजना सबै नेपालीहरूको लागि अत्यन्तै फलदायी हुने बैंकको भनाइ छ।
बैंकका अनुसार यस खातामा दैनिक मौज्दातमा वार्षिक ५ प्रतिशत ब्याजदर प्रदान गरिने छ। यसमा सहभागीका लागि विभिन्न सहुलियत उपलब्ध गराइनो छ।
यस खातामा भिसा डेबिट कार्ड, अन्तरशाखा कारोबार, आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा (मोबाईल बैंकिंग), अनलाइन कारोवार गर्न सुरक्षित ३डि सेक्योर प्रविधिमा दर्ता, लगायतसेवाहरू उपलब्ध छन्। बैंकका देसभरि ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाई छन्।