मुलुकमा पछिल्लो समय मोबाइल बैंकिङ सेवा लिनेहरुको संख्यामा तीब्रतर बृद्धि भइरहेको पाइएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गएके पुससम्म मुलुकमा ६३ लाख, ९४ हजार ९१६ जनाले मोबाइल बैंकिङ सेवा लिइरहेका छन्।
मोबाइलबाट विभिन्न भुक्तानी तथा सामन्य बैंकिङ सुविधा पाइने भएकोले पछिल्लो समय यस्ता ग्राहकको संख्यामा बृद्धि भएको राष्ट्र बैंकको भनाइ छ।
अघिल्लो वर्षको पुससम्म यस्तो सेवा लिनेको संख्या जम्मा ३५ लाख ३० हजार २२७ मात्र थियो एक वर्षमै २८ लाख ६४ हजार सेवाग्राही थपिएका छन्।
त्यस्तै इन्टरनेट बैंकिङ सेवा लिनको संख्या पुससम्म ८ लाख ५६ हजार पुगेको छ भने यही अवधिमा डेविट कार्ड प्रयोगकर्ताको संख्या ५९ लाख पुगेको छ। अघिल्लो वर्षको पुससम्म यो सेवा ५७ लाखले प्रयोग गर्थे। त्यस्तै क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या १ लाख पुगको छ।
हाल मुलुकभर ३ हजार ४९ वटा एटिएम बुथ रहेका छन्।