एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, डेबिट तथा क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १० प्रतिशत सम्मको छुट पाउने छन्।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे।बैंकका देसभरि २८१ शाखा, २८९ एटिएम, ४० एक्सटेन्सन काउण्टर एवं २३ शाखा रहित बैंकिङ्ग ईकाई छन्।