आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच सम्झौता भएको छ।
सम्झौता अनुसार सहकारीका सदस्य विद्यार्थीहरुको लागि इन्स्योरेन्सले आइजीआई विद्याथी बीमालेख मार्फत सेवा दिने छ।
जसअनुसार सहकारीमा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीलाई बीमा सेवा प्रदान गरिने सहकारीले जनाएको छ सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र सहकारीका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरे।