ग्लोबल आइएमई बैंक र सूर्यलाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका सबै शाखा मार्फत इन्स्योरेन्सका जीवन बीमा योजना खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्तगर्न सकिने छ।
सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे।
बैंकले १३७ शाखा, २६ राजश्व संकलन काउण्टर, १४५ एटिएम, १४० शाखारहित बैकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएको छ।