कुमारी बैंकको अध्यक्षमा अमिरप्रताप जब राणा नियुक्त भएका छन्।
बैंकको साधारण सभाको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो। साथै संस्थापक समूहको तर्फवाट प्रतिनिधित्व गर्ने राणा र कृष्ण प्रसाद ज्ञवाली,सर्वसाधारण समूहकोबाट महेशप्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ।
नव निर्वाचित सञ्चालकहरु ४ जना र विद्यमान स्वतन्त्र सञ्चालक प्राडा गणेशप्रसाद पाठक सहित ५ जनाको सञ्चालक समितिलाई निवर्तमन अध्यक्ष सन्तोषकुमार लामा तथा निवर्तमान संस्थापकहरुले स्वागत गरे।