बेलायत स्थित ‘उल्भरहेम्टन’ विश्वविद्यालयका उपकुलपति प्रा जियोफ लेयरले उत्कृष्ट विश्वविद्यालय बन्न एउटा मात्रै कोर्षमा फोकस गरिन नहुने बताए।
त्यसका लागि प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने, पढाउनेमात्र नभइ भविष्य र समाजप्रति उत्तरदायी हनुपर्ने, अनुसन्धान र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने, राम्रो परीक्षाफल निकाल्नुपर्ने उनले बताए।
विश्वका करिब १२ देशका कलेजलाई सम्बन्धन दिएको विश्वविद्यालयले काठमाडौंको हेराल्ड र विराटनगरको मेरिल्याण्ड कलेजको शिक्षा उल्भरहेम्टर विश्वविद्यालयमा पढ्ने विद्यार्थीकोभन्दा उत्कृष्ठ रहेको बताए।
हेराल्ड कलेजको अवलोकन भ्रमणमा आएका उपकुलपति जियोफले कलेजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका यी कलेजको पढाइले विश्वविद्यालयको सान बढेको धारणा राखे।
कलेजका विद्यार्थीसंग अन्तक्रिया गर्न नेपाल आएका उपकुलपति प्रा जियोफले नेपाली विद्यार्थीहरु पढाइप्रति सम्वेदनशिल रहेको बताए।
अनुसन्धानमा आधारित पढाई वर्तमान समयको आवश्यकता रहेको उनको भनाइ छ।
सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्डमा हालसम्म ७५ जनाले अध्ययन पूरा गरिसकेका छन् । हेराल्ड कलेजले चार वर्षे विआइविएम र तीन वर्षे बिआइटी कक्षा संचालन गरिरहेको छ । विराटनगरको मेरिल्याण्ड कलेजमा दुवै विषयमा कक्षा संचालन भैरहेका छन्।
मेरिल्याण्डले सन २०१४ देखि पढाई शुरु गरेको हो । हाल हेराल्डमा करिब ८ सय विद्यार्थी अध्ययनरत छन। मेरिल्याण्डमा ३ सय ५० विद्यार्थी अध्ययन गरिरहेका छन्।
विश्वविद्यालयका अनुसार हरेक वर्ष समर सिजनमा हेराल्ड र मेरिल्याण्ड कलेजमा अध्ययनरत ५ जना विद्यार्थीलाई १५ दिने छात्रवृतिमा विश्वका विद्यार्थीसँगै अध्ययन गर्ने अवसर दिने गरेको छ।