मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.४५ अंकले सुधार आएर १२५९.०१ अंकमा पुगेको छ।
आइतबार सामान्य सुधारसँगै सकारात्क भएको नेप्सेमा सोमबार ५ अंकले सुधार देखिएको थियो । त्यही सुधारलाई निरन्तरता दिँदै मंगलबार पनि बजार बढेको हो ।
नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि बढेको छ। सेन्सेटिभ सूचक ०.९७ अंकले बढेर २७१.२५ अंकमा पुगेको हो ।
नेप्से सूचक बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन।
१ सय ६१ कम्पनीको १९ लाख ५६ हजार ६ सय ३० कित्ता शेयर किनबेच भएकोमा आज ३४ करोड ७२ लाख ८९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो।
जसमा सबैभन्दा ठूलो कारोबार नेपाल बैंकको भयो। नेपाल बैंकको शेयर कारोबार मंगलबारमात्रै ५ करोड ७८ लाख ७२ हजार रुपैयाँ बराबरको भयो भने, नेपाल लाईफ इन्स्योरेन्सको संस्थापक शेयरको कारोबार ३ करोड ४४ लाख रुपैयाँको भयो।
सोमबार जस्तै, मंगलबार पनि सबै उपसूचकहरु उकालो लागेका छन्। आज सबैभन्दा बढी होटल्स समूहको उपसूचक ५६.०८ अंकले बढ्यो । त्यस्तै निर्जीवन बीमा १०.४६ तथा उत्पादन उपसूचक ७.०९ अंकले सुधार भयो ।
मंगलबार सबैभन्दा बढी नविल इक्विटी फन्डका लगानीकर्ताले कमाए भने त्यसपछि बढी कमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। यस्तै आज सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।