एभरेष्ट बैंकले ग्राहकलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लु क्रस अस्पतालसँग साझेदारी गरेको छ।
एभरेष्ट बैंक र ब्लु क्रस अस्पतालबीचको सम्झौता अनुसार ग्राहकले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउँनेछन्। ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन्।
काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालले ५५ वटा बेडमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएममार्फत बैंकिङ कारोबारगर्दैै आएको छ।