आक्रामक बैंकिङ सेवा विस्तार गरिरहेको एनआईसी एशिया बैकले विराटनगर महानगरपालिकाको गोल्छा चोकमा काउन्टर विस्तार गरेको छ ।
बैंकले आईतबार एक कार्यक्रमका विच नयाँ काउन्टरको उद्घाटन गरेर नयाँ सेवा प्ररम्भ गरेको छ ।
देशकै सबैभन्दा ठुलो शाखा सन्जाल भएको बैंकमा देशैभरि २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर तथा ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरेको छ ।