प्रभु बैंकले आफ्नो साखा विस्तार गरेको छ । बैंकले आफ्नो १ सय ८९ औं शाखाको रुपमा चितवनको खैरहनीमा नयाँ शाखा विस्तार गरेको हो । नयाँ शाखाले सोमबार देखिनै सेवा सुचारु गरेको बैंकले बताएको छ ।
बैंकको पर्सा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणी चौधरीले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा गुणस्तरीय अत्याधुनिक प्रविधि सहितको बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए।