रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको साधारणसभाले जारी पुँजीको ३० प्रतिशत आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको हो।
आजै सम्पन्न सधारसभाले २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहितकोको वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७५/७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने निर्णय समेत गरेको छ।
कम्पनीको अधिकृत पूँजी ३ अर्ब र जारी पुँजी रु. २ अर्ब १० करोड रहेको छ।