आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सब मनाएको छ ।
उक्त कार्यक्रममा सुभकामना मन्तब्य दिनुहुदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए। चालु आ.व.२०७६/७७ मा थप शाखा बिस्तार गरि बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने उनले प्रतिबद्धतता जनाए।
ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले आर्थिक बर्ष २०७६/७७ मा थप शाखा/उपशाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवा दिने योजना रहेको जानकारी गराएको छ ।
कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा रु. ९१ करोड बीमाशुल्क संकलन गर्न सफल भएको जानकारी पनि गराएको छ ।