नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलामी खुल्ला भएको छ।
प्रिमियर इन्स्योरेन्ससँग रहेको उक्त शेयर लिलामीको लागी बन्द बोलपत्र आह्वान गरिएको हो।
शेयर लिलामीका लागी इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोष तथा अर्थमन्त्रालयबाट स्वीकृती लिइसकेको छ।
तर, यो शेयर सर्वसाधारणले भने खरिद गर्न पाउने छैनन्।
कुनै पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै उक्त शेयर खरिद गर्न सक्नेछन्।
असोज २८ देखि खुल्ला गरिएको शेयर खरिदका लागी कार्तिक १४ सम्म आवेदन दिनुपर्ने छ।
अहिले १७ सय ७१ मा कारोबार भइरहेको कोषको शेयर लिलामीको लागी न्युनतम मूल्य १५ सय ९५ तोकिएको छ।
न्युनतम सय कित्तादेखि माथीको शेयर खरिद गर्न सकिने छ।
यस्तै, नेपाल लाइफ इन्स्योरेसको स्वामित्वमा रहेको नागरिक लगानी कोषको १६ हजार कित्ता शेयर पनि लिलामी हुने भएको छ।
नेपाल लाइफले शेयर लिलामीको लागी लगानी कोष तथा अर्थ मन्त्रालयसँग स्विकृती लिइसकेको कोषले जनाएको छ।