मंगलबार पनि शेयरबजार घटेको छ। नेप्से सूचक १.१४ अंकले घटेर ११२९.९९ अंकमा पुगेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ०.३१ अंकले बढेको छ। आज १ सय ६३ कम्पनीको कारोबार भएकोमा मंगलबार १० लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४ हजार २ सय ४७ पटकको कारोबार हुँदा २५ करोड ९३ लाखको कारोबार भएको छ।
आज वाणिज्य बैंक, ऊर्जा, फाइनान्स, निर्जीवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमाको सूचक घटेको छ। व्यापार, होटल, विकास बैंक, उत्पादन, अन्य र म्युचुअल फन्डको कारोबार सूचक भने बढेको छ।
आज सबैभन्दा बढी एनएमबी बैंकको तीन करोड २० लाख ४८ हजारको कारोबार भएको छ भने एनएमबी बैंक प्रोमोटर सेयरको पनि दुई करोड ४ लाख ६५ हजारको कारोबार भयो। त्यस्तै, नेपाल बैंकको १ करोड ८७ लाखको कारोबार भयो।
आज सबैभन्दा बढी साल्ट ट्रेडिङका लगानीकर्ताले कमाए। गुमाउने कम्पनीमा भने सिन्धु विकास बैंक अगाडि छ।