भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले १६ रूपैयाँ (१० भारू) मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरूको भीड बढेर भागदौड भएको छ।
सीएमआर सपिङ मलमा महिला र किशोरीहरूको ठूलो समूह आइतबार साडी खरिद गर्न भेला भएको थियो। प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ।
भागदौड मच्चिँदा धेरै महिला घाइते भएका थिए। एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन्। प्रहरीले उक्त घटनाको छानबिन सुरू गरिसकेको जनाएको छ। (एएनआई)