सिटी एक्सप्रेस मनी ट्रान्सफर युकेको औपचारीक उद्घाटन गरेको छ।
शाखाको एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी, सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन, उपाध्यक्ष डोलराज शर्मा , सिटी एक्सप्रेस जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ, सिटी एक्सप्रेस युकेका प्रबन्ध निर्देशक करमबहादुर गुरुङ्ग र रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङले संयुक्त रुपमा उद्घाटन गरे।
सिटी एक्सप्रेस मनी ट्रान्सफर युकेले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक युके भर आफ्ना प्रतिनिधि मार्फत पनि दिने बताएको छ।
कम्पनीले युकेबाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना सार्वजनिक गरेको छ।सिटी एक्सप्रेस मनीले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १२ बर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउदै आएको छ।