झापाको धुलाबारीमा पाँचतारे स्तरको होटल निर्माण हुने भएको छ। पूर्वी नाकाबाट आउने पर्यटकहरुलाई स्तरीय सेवा दिन भन्दै होटल निर्माण गर्न लागिएको होटल सञ्चालक मध्येका एक पवित्राकुमार कार्कीले जानकारी दिए।
झापाको धुलाबारीमा भिल्लासहितको होटल निर्माणको काम अघि बढिसकेको उनले बताए।
१ अर्ब ५० करोडको अनुमानित लागत रहेको होटललाई पाँचतारे स्तरको बनाउने सञ्चालकहरूको योजना रहेको छ। १०२ कोठा हुने होटलमा स्वीमिङ पुलदेखि स्पासम्मका सुविधा हुने कार्कीले जानकारी दिए।
होटलमा एउटै भवनभन्दा पनि धेरै प्रकारका भिल्ला हुने उनले जानकारी दिए। पर्यटकलाई फरक र आधुनिक सेवा दिनका लागि सकेकस्म नयाँ प्रविधि र शैली अपनाउन खोजिएको कार्कीको भनाइ छ।