काठमाडौं भिभान्ता होटलमा कबाब फेस्टिभल हुने भएको छ। कबाब पारखीहरुका लागि भन्दै होटलले साउन ३ देखि ‘ट्रेल अफ कबाब’ स्किम ल्याउने भएको छ।
साउन १२ गतेसम्म चल्ने उक्त फेस्टिभलमा कबाबका विभिन्न परिकारहरु पस्किने होटलले जानकारी दिएको छ।
यो अवधिमा कुनै पिन ग्राहकले कबाबका परिकारमात्र खाएमा १५ सय रुपैयाँ तिर्नुपर्ने छ। त्यसमा मदिरा लिए थप ५ सय रुपैयाँ तिर्नुपर्ने छ।
फेस्टिभलमा अफगानी सेक,गलोटी कबाब,बोटी कबाब,मलाइ टिक्का,ताङ्डी कबाब,अमृतसरी माछा,सर्सोवाली मछली, पनिर टिक्का रेड,अर्बी के समी कबाब, दही कबाब उपब्ध हुने छन्।