नेपाल चेम्बर अफ कमर्शको औद्योगिक एंव व्यापारिक प्रतिनिधीमण्डलको टोली कोलकोत्ता पुगेको छ।
‘कन्फिडेरेशन अफ वेष्ट बंगाल ट्रेड एशोसिएसन, इष्टर्न इण्डिया ट्रेड समिट २०१९’ मा सहभागि हुन ३८ सदस्य सहितको टोली कोलकत्ता पुगेको हो।नेपाल चेम्बरले सो संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेपछि नियमित रुपमा शिखर सम्मेलन, मेला÷प्रर्दशनीमा सहभागिता जनाउँदै आएको छ।
उद्यमी , व्यवसायीबीच आपसी सम्बन्ध वृद्धि, ज्ञानको अभिवृद्धि र वास्तविक रुपमा व्यवसाय गर्नु सम्झौताको प्रमुख उद्देश्य रहेको जनाइएको छ। १५–१६ जुलाईमा भएको सो शिखर सम्मलेन र मेलामा नेपाल चेम्बर सपोर्टिङ्ग पार्टनरको रुपमा सहभागी भएको हो।
सम्मेलनमा सहभागी नेपाल चेम्बरका प्रतिनिधिले नेपाल र भारतबीचको व्यापार सहजीकरणका लागि व्यापार, कारोबार र आर्थिक वृद्धिमा थप परिमार्जन हुने प्रचुर संभावना रहेको बताए।
सो प्रतिनिधिमण्डलमा नगर, जिल्ला चेम्बर अफ कमर्शका पदाधिकारीहरु, उद्यमी व्यवशायीहरुको सहभागिता रहेको छ । सम्मेलनमा कृषि, बैंक तथा वित्तीय, तयारी पोशाक, गरगहना, मिनिरल वाटर, उत्पादन क्षेत्रसँग सम्बद्ध ब्यक्तीको सहभागिता रहेको थियो। ।