चर्चित ब्राण्ड 'विइङ हुमन'को नेपालमा रहेका २ वटा शोरुम बन्द भएको छ।
चल्न नसकेपछि काठमाडौंको दरबारमार्ग र ललितपुरमा रहेको शो रुम बन्द भएको हो।
काठमाडौंको क्यापिटल मल र ललितपुरको लविममा विइङ हुमनको शोरुम थियो। घाटामा गएपछि शो रुम बन्द गर्नुपरेको विइङ हुमनका कर्मचारीहरुले बताएका छन्।
३ वर्ष अगाडि नेपालमा राजु थापा क्षेत्रीले शो ब्राण्डको शोरुम नेपालमा खोलेका थिए।
विइङ हुमनले दरबारमार्ग र लविम मलमा भाडा समेत नतिरेको मल संचालकहरुले बताएका छन्। नेपालमा विइङ हुमन बन्द भएपछि अन्य ब्यापारीहरुले त्यसको शोरुम खोल्न लबिङ गरिरहेका छन्।