बिगमार्टले चाडवाडलाई लक्षित गरेर दशैं तिहार र छठ अफर ल्याएको छ। अफर योजना अन्तर्गत बिगमार्टका सामानहरुमा ५ रुपैयाँ देखि २ सय ५१ रुपैयाँसम्म छुट दिइएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार सनफ्लावर तेलदेखि जिरा मसिनो चामल सम्मका खाद्यन्नमा छुट दिइएको छ। जसअनुसार अमृत सन फ्लावर तेलमा प्रतिलिटर ५ रुपैयाँ, मसुरो दालमा प्रतिकिलो १५ रुपैयाँ, चिउरामा १० रुपैयाँ, चनामा ६ रुपैयाँ छुट दिएको छ।
डिडिसी घिउमा प्रतिकिलो ५० रुपैयाँ छुट दिइएको छ।
धारा तेलमा १८ रुपैयाँ र चिनीमा प्रति रुपैयाँ ७ रुपैयाँको दरले छुट दिएको कम्पनीले जानकारी दिएको छ। यस्तै, जिरा मसिनो चामलमा प्रति बोरा १ सय २६ रुपैयाँ छुट दिइएको छ।
बिगमार्टले बजारको मूल्यमा नै तरकारी तथा फलफूल उपलब्ध गराउँदै आएको छ। घरायसी प्रयोजनका लागि प्रयोग हुने खाद्य सामग्री, सरसफाईका सामग्री तथा पेय प्रदार्थ लगायतमा पनि विशेष छुट दिइएको बिगमार्टले जानकारी दिएको छ।
कम्पनीले उक्त छुट आफ्नो ३७ वटै शाखाबाट दिइएको जानकारी दिएको छ।
चाडवार्डको अवसरमा सरकारले सहुलियत पसल सञ्चालन गर्न आग्रह गरेको थियो। सोही अनुरूप बिगमार्टले पनि सहुलियत पसल सञ्चालन गरेको हो।