सुनचाँदी व्यवसायीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई सुनचाँदीको नमुना गायब पारेको आरोप लगाएका छन्।
मंगलबार विभागले बजार अनुगमनलाई तीव्रता दिन आयोजना गरेको सुनचाँदी व्यवसायी तथा उपभोक्ताहरुसँगको छलफल कार्यक्रममा व्यवसायीले यसअघि लिइएको नमूना फिर्ता नपाएको बताएका छन्।
२०६९ सालदेखि नै बजार अनुगमनका क्रममा व्यवसायीहरुबाट गुणस्तर जाँचका लागि लिएको सुनचाँदीको नमूना फिर्ता नपाएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताए।
व्यवसायीहरूको गुनासोलाई तत्काललै अनुगमन शाखालाई अनुगमन गर्न जिम्मेवारी दिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए।
‘म आउनुभन्दा अघिदेखिनै अनुगमन गर्दा लिएको सुनचाँदी फिर्ता नपाएको व्यवसायीहरूले गुनासो गरेका छन्। यस विषयमा अनुगमन गर्न अनुगमन शाखालाई जिम्मेवारी दिइएको छ’, उनले भने।
काठमाडौं, पोखरा, लगायतका प्रमुख सहरमा सुनचाँदी पसलबाट परीक्षणका लागि भन्दै नमूना संकलन गरिदैँ आएको छ।