नेपाल आयल निगमको सुधारका लागि सुझाव दिन बनेको कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ। उक्त कार्यदलले निगममा रहेका २० वर्ष पुराना कर्मचारीलाई स्वेच्छिक अवकाश दिन सुझाव दिएको छ।
अहिलेको प्रतिस्पर्धी बजारमा व्यावसायिक डिल गर्नसक्ने जनशक्ती हुनुपर्ने जुन पुरानो पुस्ताका कर्मचारीबाट सम्भवन हुने भन्दै कार्यदलले सुझाव दिएको हो।
'हामीले पैसा र क्षमता राम्रो भएको। विदेशीसँग व्यापार डिल राम्रोसँग गर्नसक्ने क्षमतावान जनशक्ती हुनुपर्छ भनेको हो। यसका लागि सरकारले केही कदम चालेर स्वेच्छिक अवकाशको योजना ल्याउनुपर्ने सुझाव दिएका हौं' कार्यदलका सदस्य डा विमल वाग्लेले भने।
त्यस्तै उक्त कार्यदलले नेपाली बजारमा इन्धन आयात तथा बिक्रीका लागि एकमात्र संस्था भएको र त्यसले एउटैसँगमात्र खरिद गर्ने भएकाले प्रतिस्पर्धाको वातावरण नभएको निष्कर्ष निकालेको छ। यसका लागि इन्धन खरिद तथा ब्यापारका लागि बैकल्पिक व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
'हामिले सरकारलाई भेन्डर फरक हुनुपर्ने भनेका छौ। सरकारी संस्थाहरुकै अर्को सब्सीडरी कम्पनी बनाएर फरक भेन्डरसँग व्यापार गर्नसक्छ। यसले प्रतिस्पर्धाको वातावरण पनि निर्माण गर्छ' वाग्लेले सेतोपाटीसँग भने।
कार्यदलले इन्धनको व्यापारमा निजी क्षेत्रलाई पनि खुला गर्न सुझाव दिएको छ।