नेपालभर रहेका विभिन्न उद्योगमध्ये सवैभन्दा धेरै मूल्य अभिबृद्धि कर बुझाए बापत दाङमा रहेको घोराही सिमेन्ट उद्योग फेरी लगातार दोश्रो पल्ट सम्मानित भएको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले सम्मान गरेका थिए।
सरकारले आठ बर्ष अघि देखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । सोही क्रममा अघिल्लो आर्थिक बर्ष २०७४/०७५ मा देश भरका उद्योगी करदाता मध्य घोराही सिमेन्ट उद्योग समयमै र सबै भन्दा धेरै मूल्य अभिबृद्धि कर तिर्ने उद्योगका रुपमा सम्मानित भएको थियो । स्थापनाकाल देखी हालसम्म समयमै मूल्य अभिबृद्धि कर विवरण र कर बुझाएका करदाता मध्ये बितेको आर्थिक बर्ष २०७४/२०७५ मा सबै भन्दा बढी मूल्य अभिबृद्धि कर दाखिला गरेको भन्दै विभागले सम्मान गरेको हो ।