भारतीय अर्थमन्त्री निरमला सिथारमनले मार्चसम्ममा सरकारले आफ्नो स्वामित्वमा रहेको एयर इण्डिया र भारत पेट्रोलियम कर्पोरेसन बेच्ने बताएकी छन्।
शनिबार उनले यसको जानकारी दिएकी हुन्।
'हामी दुबैलाई यसैवर्ष टुङ्ग्याउने अपेक्षामा अघि बढिरहेका छौं। यसमा धरातलिय यथार्थले भने फरक पार्न सक्छ', टाइम्सअफ इण्डियालाई दिएको अन्तरवार्तमा उनले भनेकी छन्।
उनले यी दुई सरकारी संस्थानहरूको बिक्रीबाट सरकारले यस आर्थिक वर्षमा १ लाख करोड रूपैयाँ उठाउने योजना बनाएको छ।
अर्थमन्त्री सिथारमनले हाल धेरै लगानीकर्ताहरू एयर इण्डिया किन्न इच्छुक रहेको बताइन्।
सरकारले एक वर्ष अगाडी नै सरकारी वायुसेवा कम्पनी बेच्न खोजेको भएपनि त्यतिबेला लगानीकर्ताहरूबाट आशातित चासो नआएपछि योजना स्थगित गर्नेपरेको जानकारी दिइन्।
भारतीय अर्थमन्त्री निर्मला सिथारमन
भारत सरकार विस्तारै लगानीहरूबाट हात झिक्दै हाल कर संकलनमा देखिएको दबाबलाई कम गर्न चाहन्छ। यसै योजना अन्तरगत यी दुई सरकारी संस्थानहरू बेचिन लागेका हुन्।
योसँगै अर्थमन्त्रीले सरकारले उपयूक्त कदमहरू चाल्दै सही समयमा सुस्तिएको अर्थतन्त्रलाई गति दिएको र सोको असर स्वरूप विभिन्न क्षेत्रहरू निराशाबाट निस्किरहेको बताइन्।
यसैगरी उनले उध्योगका नेतृत्वकर्ताहरूले पनि आफ्ना व्यापार सन्तुलनलाई सुधार गरेको र उनीहरू नयाँ लगानीको योजनामा रहेको जनाइन्।
उनले आमउपभोक्तामा परिवर्तनको संकेतहरू देखिएको बताइन्। चाडपर्वका बेलामा १.८ लाख करोड बराबरको ऋण माग हुनुले यसको संकेत गरेको उनको भनाइ छ।
'यदी उपभोक्तामा आत्मविश्वास नदेखिदो हो त किन यो मात्रामा ऋण प्रवाह हुन्थ्यो? यस्तो अवस्था देशैभर छ', उनले भनिन्।