नेपाली बजारमा जेट जहाबाट आन्तरिक उडान सुरु गरेको सौर्य एयरलाइन्स पछिल्लो समय संटकमा पर्दै आएको छ। विशेषगरी आर्थिक संकटमा परेपछि खरिद बिक्री भएको एयरलाइन्ससँग अहिले एउटामात्र जहाज छ।
पछिल्लो समय भारतीय लगानीकर्ता भित्रिएको उक्त एयरलाइन्सले एटिआर जहाज ल्याएर उडान गर्ने तयारी अघि बढाएको छ।
एयरलायन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा थप ३ जहाजका लागि अनुमति माग गरेको छ। एटिआर जहाज ल्याएर उडान गर्ने भन्दै एयरलाइन्सले अनुमति मागेको हो।
एयरलाइन्सहरुले जहाज थप गर्दा पहिला मन्त्रालयबाट अनुमति लिनुपर्छ। त्यसपछि नागरिक उड्डयन प्राधिकरणले जहाज ल्याउने अनुमति दिन्छ।
अहिले ५० सिट क्षमताका दुई सिआरजे जहाज भएको एयरलाइन्ससँग उड्नयोग्य जहाज भने एउटामात्र छ।