नेपाल आयल निगमले हवाई इन्धनमा प्रति लिटर ४२ रुपैयाँ नाफा लिने गरेको पाइएको छ। नेपालको हवाई उद्योगमा छुट तथा सहुलियत दिने सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनमा उक्त तथ्य औल्याएको छ।
हवाई क्षेत्रमा भाडा छुट दिनका लागि उडानको मुख्य लागत इन्धनको मूल्य महंगो भएको निष्कर्ष निकालेको छ।
इन्धनको मूल्य घटाउनुपर्ने, विमानस्थलमा लिइने विभिन्न शुल्क घटाएर नेपालको हवाई क्षेत्रलाई प्रतिस्पर्धी बनाउनुपर्ने कार्यदलले सिफारिस गरेको हो।
जेष्ठ नागरिकलाई भाडामा छुट दिने र विदेशी र नेपालीलाई समान भाडादर लागू गर्ने सम्बन्धमा अध्ययन गर्न गठन भएको उक्त कार्यदलले प्रतिवेदन तयार पारको हो।
पूर्व सचिव शुरेशमान सिंहको नेतृत्वमा गठन भएको कार्यदलले जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिनका लागि सरकारले कोष बनाउनुपर्ने र त्यसैका आधारमा एयरलाइन्सहरुलाई शोधभर्ना दिन सुझाव दिइएको छ।
त्यस्तै विदेशी नागरिकलाई पनि नेपाली सरहकै भाडामा उडानका लागि सरकारले इन्धनको मूल्य घटाउने, विमानस्थलमा सहुलियत दिने तथा एयरलाइन्सहरुले ट्राभल एजेन्सीहरुलाई दिने छुट घटाउन सुझाव दिएको छ।
प्रतिवेदन