प्रधानमन्त्री केपी शर्मा ओलीको उडानका कारण त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल आधाघण्टा अरु उडान बन्द हुने भएका छन्। विमानस्थल कार्यालयका अनुसार ओली बैंककबाट काठमाडौं आउँदैछन्। प्रधानमन्त्री चढेको जहाज बेलुका सात बजे पछि अवतरण हुने छ।
जहाज अवतरण भन्दा १५ मिनेट अघि र अवतरणको १५ मिनेट पछिसम्म सबै उडान तथा अवतरण बन्द हुनेछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले प्रकाशित गरेको नोटाम(नोटिस टु एयरम्यान) अनुसार अहिले ६ः५० देखि ७ः३० सम्म विमानस्थलमा अन्य उडान तथा अवतरण ठप्प हुनेछन्।
ओली हप्तादिन लामो भियतनाम र कम्बोडियाको भ्रमण सकाएर आज स्वदेश फर्किदै छन्। नेपाल एयरलाइन्सको उडानबाट उनी आउँदैछन्।
यसबाट अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन्। आन्तरिक तर्फका धेरै उडान भएपनि यो समयमा अन्तर्राष्ट्रिय तर्फका आधा दर्जन उडान रहेका छन्। यही कारणले गर्दा आधार दर्जन उडान तथा अतवरण प्रभावित हुने विमानस्थल कार्यालयले जानकारी दिएको छ।
राति १० बजे विमानस्थल बन्द गर्नैपर्ने बाध्यता कारणले केही उडान रद्धसम्म हुनसक्ने विमानस्थल कार्यालयका अधिकारीहरुले बताए। यद्यपी भिभिआइपी उडानका कारणले केही ढिला भएमा नोटामकै समयमा पनि उडान अनुमति दिन विमानस्थल प्रशासन सकारात्मक हुन सक्नेछ।