महँगी अर्थात मूल्यबृद्धि दर अघिल्लो वर्षको तुलनामा घटेको छ। राष्ट्र बैंकका अनुसार चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो। चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ४.७ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.८ प्रतिशत रहेको थियो।
क्षेत्रगत उपभोक्ता मुद्रास्फीति हिमालमा ६.२ प्रतिशत, पहाडमा ४.८ प्रतिशत, काठमाडौं उपत्यकामा ४.७ प्रतिशत र तराईमा ४.० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ७.० प्रतिशत, ६.० प्रतिशत, ४.३ प्रतिशत र ५.७ प्रतिशत रहेको थियो।
नेपालको तुलनामा भारतको मूल्यबृद्धिदर न्यून छ। भारतको मुद्रास्फिफिति २.९२ प्रतिशत रहेको छ।