उपत्यका ट्राफिक प्रहरी महाशाखाले हालसम्म करिब ३ लाख सवारी चालकलाई मापसे कारबाही गरेको छ।
महाशाखाको तथ्यांक अनुसार २०६९ साल असोजदेखि २०७६ वैशाखसम्म २ लाख ९९ हजार ५ सय ५५ जाना मापसे कारबाहीमा परेका हुन्।
मापसे कारबाहीमा पर्नेमध्ये १ हजार ७ सय ३६ जाना महिला र २ लाख ९७ हजार ८ सय १९ जना पुरुष छन्।
आर्थिक वर्ष | महिला | पुरुष | जम्मा कारबाही |
२०६८/६९ | १८७ | ३९४८० | ३९६६७ |
२०६९/७० | २८७ | ५१९९३ | ५२२८० |
२०७०/७१ | ३७५ | ५४१६० | ५४५३५ |
२०७१/७२ | ३०९ | ३५७५६ | ३६०६५ |
२०७२/७३ | २३४ | २८९८८ | २९२२२ |
२०७३/७४ | ९७ | २८७९९ | २८८९६ |
२०७४/७५ | ५८ | ३२२३४ | ३२२९२ |
२०७५/७६ | | | |
वैशाखसम्म) | १०९ | २६४०९ | २६५९८ |
महाशाखाको अनुसार मापसे कारबाहीमा पर्ने आर्थिक वर्ष २०७४/७५ भन्दा २०७५/७६ (वैशाखसम्म) भन्दा कम छ।
कडा चेकिङ, क्लास, लाइसेन्समा प्वाल पार्नेलगायतको कारणले मापसे गरेर सवारी चलाउनेको संख्यामा कमी आएको महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए।
‘२०६९/७० सालतिर भन्दा अहिले धेरै नै कन्ट्रो भएको छ। त्यस्तै होटल, रेष्टुरेन्टहरूले मापसे गर्नेहरूलाई गाडीको व्यवस्था गरेको कारण पनि कारबाहीमा पर्नेको संख्यामा ह्रास आएको हो,’ सापकोटाले सेतोपाटीसगँ भने।
मापसे गर्नेमा ९९.४२ प्रतिशत पुरुष संलग्न भए पनि यो आर्थिक वर्ष कारबाही पर्नेमा पुरुषको संख्या घट्दो र महिलाको बढ्दो छ।
आर्थिक वर्ष २०७४/७५ मा कुल ५८ जना महिला र ३२ हजार २ सय ३४ पुरुष मापसे कारबाहीमा परेका थिए। यो आर्थिक वर्ष वैशाखसम्म नै मापसे कारबाहीमा पर्ने महिलाको संङ्ख्यामा गत वर्षको भन्दा झण्डै दुई गुणा वृद्धि भइ १ सय ९ जाना कारबाहीमा परेका छन् भने २६ हजार ४ सय ९ जना पुरुष कारबाहीमा परे।
उपत्यका ट्राफिक प्रहरी महाशाखाले दैनिक क, ख, ग गरी राति १ बजेसम्म मापसे चेकिङ गर्ने गरेको छ। त्यस्तै बिदा, चार्डवाडलगायतको दिनमा दिउँसै पनि अकस्मात चेकिङ हुने गरेको प्रवक्ता सापकोटाले जानकारी दिए।
महाशाखाको अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएकै कारण आर्थिक वर्ष २०६८/६९ देखि २०७६/७६ (वैशाखसम्म) १ हजार ५ सय ४७ ओटा दुर्घटना भएका छन्।
महाशाखाले ३ महिने अभियानै चलाएर जनचेतना कार्यक्रम चलाएको छ।
यो अवधिमा करिब ४० हजारलाई प्रशिक्षण दिइएको सापकोटाले जानकारी दिए।