सरकारलाई राजस्व नीतितमा सल्लाह सुझाव दिनका लागि गठन हुने राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्री डा युवराज खतिवडालाई बुझाएको छ।
निजी क्षेत्र र सरकारको सयुक्ती नीति संयन्त्रको रुपमा रहेको उक्त समितिले आगामी वर्षका लागि अपनाउनुपर्ने राजस्व नीतिका बारेमा सुझावसहितको प्रतिवेदन दिएको हो।
प्रतिवेदन बुझ्दै अर्थमन्त्री डा युवराज खतिवडाले समितिले दिएका सुझावहरु आगामी वर्षको बजेट र आर्थिक ऐन मार्फत् सम्बोधन गरिने बताए।