विराटनगर महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७६,७७ को लागि ५ अर्ब १२ करोड ३० लाख ९० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
महानगरको लागि ३ अर्ब २९ करोड ४९ लाख, मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजना र क्षेत्रीय शहरी विकास परियोजना तर्फ १ अर्ब ८२ करोड ८१ लाखको बजेट खर्च गर्ने अनुमान गरेको छ।
महानगरपालिकाले प्रशासनिक खर्चका लागि ६४ कारोड ९२ लाख अर्थात् १९.७० प्रतिशत, भौतिक पूर्वाधार निर्माणका लािग २ अर्ब ५ करोड ३९ लाख तथा वातावरण सरसफाइ, विपद् व्यवस्थापन सूचना प्रविधि व्यवस्थापन, पशु स्वास्थ्य व्यवस्थापन र कृषि तथा पशुपन्छी कार्यक्रमका लागि ११ करोड ८३ लाख विनियोजन गरिएको छ ।
यस्तै, महानगरले शिक्षा, युवा तथा खेलकुद स्वास्थ्यका लागि १२ करोड ९५ लाख र सामाजिक विकास, महिना तथा बालबालिकाका लागि ३४ करोड ३८ लाख विनियोजन गरिएको छ।
महानगरले अनुमान गरेको खर्च स्रोतमा आन्तरिक स्रोतबाट ५९ करोड ९६ लाख, राजस्व बाँडफाँट बाट ७२ करोड ५९ लाख, सङ्घीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ४७ करोड ८४ लाख, संघीय सरकार सशर्त अनुदान विषयगत कार्यलयतर्फ बाट ५८ कारोड ८९ लाख, सशर्त अनुदानबाट ३९ कारोड ५० लाख र समपूरक र विशेष अनुदानबाट १२ करोड ५० लाख प्राप्त हुने अनुमान गरेको छ।
त्यस्तै, महानगरपालिकाले वैदेशिक र अन्य संघसंस्थाको अनुदानबाट २ करोड ३२ लाख र जनसहभागिताबाट ४ करोड ३५ लाख, नगर विकास कोषको ऋण सहयोगबाट ११ करोड ५० लाख, आन्तरिक आय वृद्धिबाट २० कारोड आम्दानी गर्ने अनुमान प्रस्तुत गरेको छ।