कार्ल्सबर्ग गल्फ सिरिज २०१९ को दोश्रो लेगको उपाधि भरत बस्ताकोटी र टासी छिरिङ्ग (डङ्ग)ले जितेका छन।
३ वटा सिरि मध्येको पहिलो सिरिजमा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका प्रदान गरिएको थियो ।
यो सिरिज् ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फर्म्याटमा खेलिएको थियो नेट बिजता भरत बस्ताकोटीले ३८ अंकप्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता भएका छन।
टासी छिरिङ्ग डङ्गले ३६ ग्रस अंकप्राप्त गरी दोश्रो सिरिजको ग्रस च्याम्पियन बन्न सफल भए । राजेन्द्र श्रेष्ठ ३७ अंक काउन्ट ब्याकका साथनेट उप–विजेता र एनजे रायमाझी ग्रस ३७ अंक काउन्ट ब्याकका साथ ग्रस विधामा नेट उप–विजेता बने ।
३७ अंक काउन्ट ब्यागसाथ आश्रिया बानु महिलातर्फका विजेता बन्न सफल भएकी छिन भने ३७ अंकका साथ कश्मीरा शाह उप विजेता । यसै गरी ६० वर्ष र त्यस भन्दा माथिका सहभागीहरुका सिनियर विधामा ३६ अंकका साथ दिलिप रायमाझी काउन्ट विजेता भए भने ३५ अंक काउन्ट ब्यागका साथएनबी रावलउप विजेता बन्न सफल भए।
४ बर्डिजका साथ तेन्जीङ छिरिङले मष्ट बर्डिजका उपाधि जिते । दाबा जे शेर्पारआर एमश्रेष्ठले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते ।
सेकेन्ड सिरिजमामा भरत बस्ताकोटीले नेट क्याटगोरीमा १ सय ५० अंकले लिड गरिरहेका छन् भने टासी छिरिङ्ग डङ १ सय ५ ले दोस्रो स्थानमा छन् । अजय बी शाह, १०० अंकले तेस्रो स्थानमा, एनजे रायमाझी ७५ अंकले चौथो र श्याम सिम्खडा ७० अंकले पाचौं स्थानमा छन् ।
ग्रस सेक्सनमा १ सय ५० अंकका साथटासी छिरिङ्ग डङ्ग लिडर बोर्डको टपमा छन् । यसै गरी एन जे रायमाझी १०५ अंकका साथदोश्रो स्थानमा छन् भने १०० अंकका साथ पृथ्बीमल्ल र सुरेंद्र फुयाँल तेस्रो स्थानमा छन् ।
¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको यस प्रतियोगितामा १८ वटा होल्स थिए र ८४ गल्फर सहभागी भएका थिए ।
गोर्खा बु्रअरीका बजार प्रबन्धक रोजन अमात्यले भने “यस प्रतियोगिता प्रति हामीले निकै नै उत्कृष्ट प्रतिक्रिय प्राप्त गरेका छौं र हामी समस्त सहभागीहरुलाई हार्दिक आभार व्यक्तगर्दछौं ।