भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मानकुमारी अर्यालले सहकारी अभियानले महिलाहरूलाई अगाडी बढाउन महत्वपुर्ण भूमिका खेलेको बताएकी छन्।
जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोस) काभ्रेपलान्चोकको ५२ औं स्थापना दिवस तथा ३८ औं वार्षिक साधारणसभालाई आज (विहिबार) बनेपामा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
मन्त्री अर्यालले सहकारीले गाउँगाउँमा महिलाहरूलाई संगठित गर्दै उनीहरूको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सहकारी अभियानको प्रसंशा गरेकी छन्।
‘सहकारी अभियानले गाउँगाउँमा जागरण ल्याउन ठूलो योगदान दिएको छ। अझ महिलाहरूलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेलेको छ’, मन्त्री अर्यालले भनिन्, ‘हिजो परनिर्भर बनेका महिलाहरु आज सहकारीका माध्यमबाट सामाजिक र आर्थिक विकास गर्दै उद्यमी बनेका छन्।
मन्त्री अर्यालले अबको १० वर्षमा सहकारी क्षेत्रले महत्वपूर्ण फड्को मार्ने दाबी गरेकी छन्।