वायुसेवा कम्पनीले हवाई भाडामा १० प्रतिशत छुट दिएको छ।
वायुसेवा सञ्चालक संघ, नेपालको आज बसेको बैठकले चाडपर्वको अवसरमा हवाई भाडामा १० प्रतिशत छुट दिने निर्णय गरेको हो।
सङ्घका अनुसार सो सुविधा असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्म कम्पनीको काउण्टरबाट खरिद गर्ने यात्रुहरूका लागि नर्मल भाडादरमा १० प्रतिशत छुट दिइएको हो।
एरपोर्ट कर तथा फ्युल सरचार्ज भने लाग्ने कम्पनीले जानकारी दिएको छ।