सरकारले गठन गरेको एक कार्यदलले नेपाल एयरलाइन्सका लागि जहाज खरिद गर्दा सिधै निर्मातासँग सम्पर्क गर्न सुझाव दिएको छ।
नेपाल वायुसेवा निगमको सुधारका लागि गठन भएको कार्यदलले बुधबार बिचौलियाविहीन खरिद गर्ने नियम बनाउन एयरलाइन्सलाई सुझाव दिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पदभार ग्रहण लगत्तै नेपाल वायुसेवा निगमको सुधारका लागि सुझाव दिन कार्यदल बनाएका थिए।
साउन २२ को निर्णयअनुसार पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा समिति बनेको थियो।
समितिमा चार्टट एकाउन्टेन सुवोध कर्ण, जित परसाद पौडेल, क्याप्टेन शुधीर शमसेर राई सदस्य थिए।
समितिलाई एक महिनाको समय दिइएको थियो।