आईएलटीएस परीक्षा संचालन गर्दै आएको आईडिपी आईएलटीएसबाट अल्फा बिटा एजुकेशन कन्सल्टेन्सी पुरस्कृत भएको छ।
‘आईडीपीआईएल’ले नेपाल्स नम्बर वान विजनेस पार्टनर’को रुपमा अल्फाबिटालाई पुरस्कारसहित सम्मान गरेको हो।
आईएलटीएस परीक्षामा सबैभन्दा धेरै विद्यार्थी अल्फाबिटाबाटै सहभागी हुने भएका कारणले उक्त पुरस्कार प्रदान गरेको बताइएको छ।
गत दुईवर्षमा पनि अल्फाबिटा यो पुरस्कारबाट सम्मानित भइसकेको छ।
अल्फाबिटाका अध्यक्ष तथा सीइओ द्विराज शर्माले संस्थाकोे गुणस्तरीय परामर्श र विद्यार्थीको आकर्षणले नै सम्मान प्राप्त भएको बताए।
अल्फाबिटाले वैदेशकि अध्ययनमा जान चाहनेलाई लक्षित गर्दै शैक्षिक मेलाहरु पनि आयोजना गर्दै आएको छ।