एयर ट्राफिक कन्ट्रोलरहरुको अन्तर्राष्ट्रिय संगठनको क्षेत्रीय बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। इन्टरनेशनल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनको एसिया प्यास्याफिक क्षेत्रीय बैठक आजदेखि काठमाडौंको होटल अलफ्टमा सुरु भएको हो।
प्रत्येक वर्ष हुने क्षेत्रीय वैठकमा १९ देशका एटिसीहरु आएका छन्।
मंसिर ७ गतेसम्म चल्ने बैठकमा विभिन्न देशका एसोसिएसनले प्रतिवेदन प्रस्तुत गर्ने छन्। त्यस्तै आगामी रणनीतिका बारेमा पनि छलफल गर्नेछन्।
बैठकमा मानवीय प्रविधि विशेष थिममा छलफल हुने नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनका कोषाध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिए।
उनका अनुसार बैठकमा एयर नेभिगेसनका क्षेत्रमा भएका पछिल्ला प्रविधिको एडप्सनका बारेमा बृहत छलफल हुने छ। छलफलपछि बैठकले काठमाडौं घोषणापत्र जारी गर्ने छ।
बैठकबाट निस्किएका निष्कर्षलाई नियमनकारी तथा सरकारी एजेन्सीलाई सुझावका रुपमा दिइने उनले जानकारी दिए।