विश्व बैंकले नेपालमा ९५ प्रतिशत घरधुरी विद्युतको पहुँचमा पुगेको बताएको छ। विश्व बैंकले गरेको सर्वेक्षणअनुसार नेपालमा विद्युत पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगति भएको जनाएको हो।
सर्वेक्षणका अनुसार विद्युत् पहुँचको गुणस्तरमा प्रगति भए पनि १०० मध्ये ७० परिवारले काठमाडौं र अन्य प्रदूषणकारी र हानिकारक इन्धनबाट खाना पकाउने देखिएको छ।
‘नेपालका प्रत्येक व्यक्तिलाई उच्चस्तरीय उर्जा सेवाहरूको पहुँच प्रदान गर्नु सरकारको उच्च प्राथमिकताहरूमध्ये एक हो। सन् २००२ अनुसार हामी १००५ उर्जा पहुँचका लागि काम गर्दैछौं ।’ ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भने।
करिब ६७ प्रतिशत घरपरिवारले दिनको कम्तिमा आठ घण्टा बिजुलीमा अविरल पहुँच पाएका छन्। समग्रमा ७१।७ प्रतिशत घरपरिवारले राष्ट्रिय ग्रिडबाट र २३ प्रतिशतले माइक्रो वा मिनी हाइड्रो र सौर्य ऊर्जाबाट विद्युत प्रयोग गरेको जनाएका छन्।
विश्व बैंक कन्ट्री म्यानेजर फरिस एच.हदाद जर्भोसले नेपालले पछिल्लो समय विद्युतिकरणमा गरेको सुधारको प्रसंसा गर्दै सफा कुकिङका लागि ऊर्जा सेवाको गुणस्तर सुधार गर्न र नेपालका जनताको जीवनलाई अझ राम्रो बनाउन सरकारसँग साझेदार भएकोमा हामी गर्व लागेको बताए।
बिजुली पहुँचको गुणस्तरमा प्रगति भए पनि स्वच्छ कुकिङ नेपालका लागि चुनौती नै रहेको विश्व बैंकले जनाएको छ।
‘आउँदो दिनमा पर्याप्त बिजुली आपूर्ति भएपछि खाना पकाउन आयात गरिएको एलपीजीमा ठूलो निर्भरता हटाउनुपर्नेछ, सरकारले सफा कुकिङ समाधानमा बढी जोड दिनेछ र हरेक घरमा एउटा बिजुली चुल्हो प्राप्त गर्ने लक्ष्य राख्नेछ।’ वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले भने।
नेपाल राष्ट्रिय घरेलू स्तरको सर्वेक्षण, ऊर्जा पहुँचसम्बन्धी विश्व सर्वेक्षणको हिस्सा हो, जुन विश्व बैंकले ऊर्जा क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम (इएसएमएपी) को सहयोगमा चलाइएको छ।